बैशाख ०८, २०८१, शनिबार
               

विदेशमा रहेको अवस्थामा नेपालमा कसरी घरजग्गा खरिद गर्न सकिन्छ ? (कानूनी प्रश्न र समाधानको बाटो)

नेपाल फ्ल्यास
बैशाख ०५, २०८०

ADVERTISEMENT

हामीले कानूनी समस्या र समाधानको उपायबारे जानकारीमूलक सामग्री दिन सुरु गरेका छौँ । यसमा सोधिएका प्रश्नको जवाफ यथासम्भव छिटो दिन प्रयास गरिनेछ ।

प्रश्न: म विदेशमा छु ।   केही वर्षदेखि कतारमा बस्दै आएको छु । नेपालमा मैले जग्गा किन्न लागेको छु । मेरो नाममा जग्गा किन्न म आफैँ उपस्थित हुन नसक्ने अवस्थामा छु । मेरो अनुपस्थितिमा कारोबार गर्न के गर्नुपर्ला ? – भूपाल केसी, कतार

जवाफ: भूपालजी, नेपालमा जग्गा खरिद गर्न तपाईँ स्वयं उपस्थित हुन अनिवार्य छैन । त्यहाँ रहेको नेपाली दूतावासमा तोकिएको ढाँचामा अधिकृत वारेशनामा बनाउन सक्नु हुनेछ । जसको नाममा तपाईँले अधिकृत वारेशनामा दिनुहुन्छ, उसले तपाईँको प्रतिनिधित्व गरेर घरजग्गा खरिद गरिदिने छ ।

अर्को बाटो पनि छ ।तपाईँले आफ्नो एकाघरका सदस्यमार्फत जग्गा खरिद गर्न सक्नुहुन्छ । त्यसका लागि अधिकृत वारेशनामा आवश्यक छैन । तर सो जग्गाको धनीपूर्जा भने तपाईँ नेपाल फर्किएर स्वयं मालपोत कार्यालयमा उपस्थित भएर मात्र लिनुपर्ने हुन्छ । - अधिवक्ता अर्जुन खड्का

प्रश्नका लागि: [email protected]

यो पनि