चैत १६, २०८०, शुक्रबार
               

नारायणकाजीलाई गोकुल बास्कोटाले भने- 'मबाट सिक्नोस्'

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

फाइल फोटो
ADVERTISEMENT

विराटनगर । नेपाल कम्यु्निस्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले अर्को चुनावसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई फिर्ता बोलाउन नमिल्ने बताएका छन् ।

प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री बास्कोटाले अल्पमत र बहुमतका आधारमा अघि बढे पार्टी दुर्घटनामा पर्ने बताए । 

पार्टीमा देखिएको विवाद स्थायी कमिटी बैठकले समाधान गर्ने उनको भनाइ छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै बास्कोटाले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउने प्रयास भइरहेको बताए । 

उनले भने, ‘स्थिरताका लागि अर्को चुनावसम्म प्रधानमन्त्रीलाई फिर्ता बोलाउन मिल्दैन ।’ ओलीलाई अध्यक्षबाट हटाउने हो भने चार महिनापछि हुने महाधिवेशनसम्म कुर्न उनले आग्रह गरे ।

नारायणकाजीलाई सुझाव

पूर्वसांसद कमानसिंह लामाको लेनदेन प्रकरणमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा मुछिएको सम्बन्धमा बास्कोटाले आफूबाट सिक्न आग्रह गरे ।

सुरक्षण मुद्रण खरीद प्रकरणमा ७० करोडको अडियो प्रकरणमा मुछिएपछि मन्त्री पदबाट राजीनामा दिएका बास्कोटाले प्रवक्ता श्रेष्ठलाई लक्षित गर्दै भने, ‘आदर्श नेताले मबाट सिक्ने के ! कम्तिमा मेरोजति गरिदिएको भए राम्रो हुन्थ्यो होला ।’

आरोप उठ्नासाथ आफू र पूर्वसभामुख कृष्णबहादुर महराले छानबिनका लागि बाटो छोडिएको स्मरण गर्दै बास्कोटाले प्रश्न उठेपछि छानबिन गर भन्न सक्नुपर्ने बताए ।

यो पनि