बैशाख १७, २०८१, सोमबार
               

कमानसिंहसँग जोडेर नारायणकाजीको अनावश्यक प्रचार नगरौं : प्रचण्ड

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हाइड्रोको विवादसँग जोडेर फैलाइएको भ्रमको पछि नलाग्न आग्रह गरेका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले कमानसिंह लामा र हाइड्रो पावरको सेयर विवादमा  प्रवक्ता श्रेष्ठलाई मुछेर अनावश्यक प्रचार गरिएको भन्दै भ्रममा नपर्न आग्रह गरेका हुन् ।

प्रचण्डले सम्बन्धित हाइड्रो व्यक्तिलाई सँगै राखेर आफूले पनि कुरा गरेको र श्रेष्ठले पनि तपाईंहरू मिल्नुस् भन्नेबाहेक अरू कुनै कुरा नगरेकाले भ्रममा नपर्न आग्रह गरेका हुन् ।

‘अध्यक्ष प्रचण्डले कमानसिंह लामा र एउटा हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित सामान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रुपमा मुछेर जुन प्रचार भएको छ, त्यो प्रचारको भ्रममा नपर्न र त्यस्तो प्रचारमा नलाग्न अनुरोध गर्नु गएको छ’, बैठकपछि पत्रकारसँग प्रवक्ता श्रेष्ठले भने ।

यसैबीच, आज बसेको स्थायी कमिटी बैठक पार्टीका केन्द्रीय सदस्य एवं पूर्व सांसद कमानसिंह लामाको निधनमा शोक–प्रस्ताव पारित गरेर पुस १ सम्मका लागि स्थगित भएको उनले जानकारी दिए ।

यो पनि