बैशाख १४, २०८१, शुक्रबार
               

हिन्दु स्वयंसेवक संघ र सेवा इन्टरनेशनलद्वारा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

नेपाल फ्ल्यास
जेठ २६, २०७८

फाइल फोटो
ADVERTISEMENT

हिन्दु स्वयंसेवक संघ नेपाल र सेवा इन्टरनेशनल नेपालले लमजुङको मध्यनेपाल नगरपालिकाद्वारा सञ्चालित कोभिड अस्पताललाई सहयोग पुर्‍याएका छन् ।

उनीहरूले कोभिडविरुद्धको लडाइका लागि २ थान १० लिटर र ३ थान ५ लिटरका गरेर कुल ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका हुन् ।

सहयोग सामग्री नगरपालिकाको कार्यालयमा एक कार्यक्रमबीच नगर प्रमुख रमेशकुमार पाण्डेलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख पाण्डेले कोरोना महामारीको समयमा जनताको जीउधनको रक्षा गर्नका लागि सहयोग महत्त्वपूर्ण रहेको भन्दै हिन्दु स्वयंसेवक संघ र सेवा इन्टरनेशनललाई धन्यवाद व्यक्त गरेका थिए ।

उनले आगामी दिनमा धर्म, संस्कृतिको रक्षा लगायत हिन्दु स्वयंसेवक संघले सञ्चालन गर्ने गतिविधिहरूमा पनि सहयोग एवम् सहकार्य गर्न नगरपालिका र आफ्नो व्यक्तिगत तर्फबाट तत्पर रहको बताए ।

संघका गण्डकी सम्भाग संघचालक ऋषिराम सापकोटाले संघ समाजमा समर्पित संस्था भएको र यसका स्वयंसेवक कार्यकर्ताहरू आफ्नो धर्म, संस्कृति, समाज, देश र राष्ट्रका लागि जुनसुकै अवस्थामा पनि निस्वार्थभावले कार्यरत रहने बताए । 

उनले हिन्दु स्वयंसेवक संघ विचार परिवारले देशव्यापीरुपमा विविध सेवा कार्य गर्दै आइरहेको जानकारी दिए । "जहाँ कमी त्यहीँ हामी" भन्दै आवश्यक कार्यका लागि सहयोग गर्न संघ सधैँ तत्पर रहेको प्रतिबद्धतासमेत उनले व्यक्त गरेका थिए ।

हस्तान्तरण समारोहमा मध्यनेपाल नगरपालिकाका उपप्रमुख राजकुमार श्रेष्ठ, प्रशासकीय अधिकारी वैकुण्ठप्रसाद सापकोटा, वडा ६ का अध्यक्ष विष्णुभक्त पौडेल, कोभिड अस्पतालका प्रमुख डा. सुशील पौडेललगायतको सहभागी टोलीलाई हिन्दु स्वयंसेवक संघ नेपाल गण्डकी सम्भागका संघचालक ऋषिराम सापकोटा, सम्भाग प्रचारक नरेन्द्र यरी, कास्की जिल्ला कार्यवाह सागर अधिकारी, संघका स्वयंसेवक सुकर्ण सापकोटालगायत उपस्थित थिए ।

यो पनि