बैशाख २६, २०८१, बुधबार
               

सेवा इन्टरनेशनल युएसएद्वारा मेडिकल सामग्री हस्तान्तरण

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

सेवा इन्टरनेशनल युएसएले नेपालका लागि आवश्यक मेडिकल सामग्री हस्तान्तरण गरेको छ । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाको भर्चुअल उपस्थितिमा अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पीपीईलगायतका विभिन्न सामग्री हस्तान्तरण गरिएको हो ।

अमेरिकास्थित नेपाली राजदूतावासले ट्वीट गर्दै भनेकाे छ- 'महामहिम राजदूतले सेवा अमेरिका तथा सेवालाई स्वास्थ्य सामग्री जुटाउन सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरूको सराहना गरे ।'

उक्त हस्तान्तरण कार्यक्रममा सेवा अमेरिकाका अध्यक्ष अरुण कंकानी, सेवाका अन्य प्रतिनिधि, अमेरिकास्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, सेवा इन्टरनेशनल नेपालका तर्फबाट प्रसन्न बैद्य, हिन्दू स्वयंसेवक संघ नेपालका प्रतिनिधि रेवि कुमार लगायतको सहभागिता  थियो ।

सेवा इन्टरनेशनल नेपालले हिन्दू स्वयंसेवक संघ नेपालको सहकार्यमा काठमाडौंमा अक्सिजन सुविधासहित ८० बेडको, भैरहवामा १० बेडको तथा नेपालगञ्ज, वीरगञ्ज लगायत देशका विभिन्न स्थानमा अक्सिजन सुविधासहितको आइसोलेशन सेन्टर स्थापना गरी सामाजिक कार्य गरिरहेको छ ।

नेपालगञ्ज र बर्दियाकाे गुलरीयामा बिरामीहरूका लागि भोजनको व्यवस्था र वीरगञ्जमा औषधि बैंक सञ्चालनमा रहेकाे सेवाका प्रतिनिधि प्रसन्न वैद्यले बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि