चैत १६, २०८०, शुक्रबार
               

हिन्दु स्वयंसेवक संघले आफ्नै भवनलाई बनायो आइसोलेसन सेन्टर

नेपाल फ्ल्यास
जेठ १८, २०७८

ADVERTISEMENT

काठमाडौं । हिन्दु स्वयंसेवक संघ नेपालले भैरहवामा बनाएको आइसोलेसन सेन्टरको शुभारम्भ गरिएको छ ।

संघले आफ्नै कार्यालय भवन केशवधामलाई महामारीको अवस्थामा आइसोलेसन सेन्टरमा रूपान्तरित गरेको हो । आइसोलेसन १५ बेडको रहेको छ ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले आइसोलेसन सेन्टरको शुभारम्भ गरेका हुन् । मन्त्री पाण्डेयले विषम परिस्थितिमा प्रेरणादायी काम गरेको भन्दै संघप्रति आभार व्यक्त गरेका छन् । उनले संघको कामलाई सकारात्मक सुरुवातको संज्ञा दिए ।

अग्ला र विशाल भवन भएकाहरूले पनि आइसोलेसन बनाउन सहयोग नगरेको उल्लेख गर्दै मन्त्री पाण्डेयले संघको कामबाट प्रेरित हुन आग्रह पनि गरेका थिए । आइसोलेसन सेन्टरलाई प्रदेश सरकारबाट पनि सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

भीम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण भण्डारीले १५ बेडको आइसोलेसनको सुरुवात सामाजिक संस्थाले गर्नु अत्यन्तै राम्रो कार्य भएको बताए ।

समाजसेवी अजयकुमार गुप्ताले अस्पतालले गर्ने काम हिन्दु स्वयंसेवक संघले गर्नु समाजका लागि अनुकरणीय भएको जनाए । आइसोलेसन सेन्टर हस्तान्तरण कार्यक्रममा आइसोलेसन निर्माण समितिका संयोजक उमाशंकर पाठकले समाज र देशका लागि केही गर्नु पर्छ भनेर संघले सामाजिक कार्यलाई निरन्तरता दिएको जानकारी गराए ।

कार्यक्रममा विभाग व्यवस्था प्रमुख अरुण अग्रवाल, विभाग सेवा प्रमुख मनोज मित्तल, संभाग कार्यवाहक देविलाल भट्टराई, हिन्दु स्वयंसेवक संघ जिल्ला सेवक प्रमुख सुरज उपाध्याय, नगर सेवा प्रमुख राजन शुक्ल, युवा व्यवसायी राजेश चौधरी, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिव अनुराग पाण्डेलगायतको उपस्थिति थियो ।

महामारी बेला हिन्दु स्वयंसेवक संघ नेपालले देशभर सहयोग पुर्‍याइरहेको छ । वीरगन्जमा गरिबलाई निःशुल्क खाना वितरणदेखि काठमाडौंलगायतका दर्जन जिल्लामा आइसोलेसन बनाएको छ । यसबाहेक स्वास्थ्य सामग्री वितरणलगायतका काम पनि जारी छन्।

 

यो पनि