बैशाख १७, २०८१, सोमबार
               

अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना

नेपाल फ्ल्यास
जेठ ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।

एक सय २६ जनाका लागि क्वारेन्टीन तथा माइल्ड आइसोलेसन सेन्टरको स्थापना गरिएको हो ।

आइसोलेसन अग्रवाल सेवा केन्द्र नेपाल, हिन्दु स्वयंसेवक संघ नेपाल, नेपाल मेडिकल एसोसिएसन, उपकार सेवा नेपाल र सेवा इन्टरनेशनल नेपालले संयुक्त रूपमा सञ्चालन गरेको हो ।

सेन्टरको उद्घाटन नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गरेका छन् । आइसोलेसन उद्घाटन गर्दै सोमबार राजदूत क्वात्राले कोभिड १९ को महामारी दक्षिण एसियामा तीव्र रूपमा फैलिएको भन्दै महामारीका विरुद्ध लड्न व्यक्ति, परिवार, समाज र सरकारको संयुक्त प्रयास आवश्यक भएको बताए ।

उनले कोभिड १९ विरुद्धको लडाइँमा भारत सरकारले आगामी दिनमा पनि नेपाललाई थप सहयोग गर्ने बताए । उनले भने, ‘भारतले महामारीविरुद्ध लड्न नेपाललाई अग्रसर रूपले सहयोग गरिरहेको छ । भारतबाट २३ लाख डोज कोभिडशिल्ड खोप नेपाल आइसकेको छ । ८/१० दिनमा लिक्विड अक्सिजनको ट्याङ्कर भारतबाट नेपाल आउने छ । अस्पतालमा अक्सिजनको कमी नहोस् भन्ने छ ।’

आइसोलेसन सेन्टर उद्घाटनमा उद्योगी राजेन्द्र खेतानले आइसोलेसन सेन्टरमार्फत फ्रन्टलाइनर डाक्टर, नर्स लगायतलाई बचाउन सके अन्य सयौँ परिवारको रक्षा गर्न सकिने बताए ।

आइसोलेसन केन्द्रमा एउटा हलमा ९० जनासम्म मानिस राख्न सक्ने गरी व्यवस्थित गरिएको छ । प्रति कोठामा दुई जना बस्ने गरी १८ वटा कोठा पनि बनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि