मंसिर ०६, २०८१, बिहीबार
               

रुवीभ्याली कोभिड आइसोलेशनलाई सेवा इन्टरनेशनलको सहयोग

नेपाल फ्ल्यास
जेठ २५, २०७८

रुवीभ्यालीमा आइसोलेसन सेन्टर बनाउन आवश्यक सामग्री लगिँदै ।
ADVERTISEMENT

सेवा इन्टरनेशनल नेपाल एवं जनजाति कल्याण आश्रम नेपालद्वारा धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिकालाई कोभिड अस्पताल सञ्चालनमा सहयोग पुर्‍याइएको छ ।

कोभिड महामारी फैलिएसँगै गाउँपालिकाद्वारा सञ्चालनमा ल्याइएको १५ शय्याको कोभिड अस्पतालमा मेट्रेस, सिरानी, आईबी स्ट्याण्डसहितको १० सेट मेडिकल फोल्डिङ बेड र दस लिटर क्षमताको १ एवं पाँच लिटर क्षमताको चार गरी जम्मा पाँचवटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।

सहयोग स्वरूप प्रदान गरिएको सामग्री रुवीभ्याली गाउँपालिकासम्म पुर्‍याइ हस्तान्तरण गर्न  गाउँपालिका एवं सिङ्ला पर्यटन क्षेत्र विकास समाजका प्रतिनिधिसँगै जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय संगठन सचिव भट्ट मिलन पनि रुबी भ्याली पुगेका छन् । 

उक्त सामग्री पुर्‍याउन काठमाडौँबाट धादिङ बेसी हुँदै बोराङसम्म सवारी साधनमा ढुवानी गरिएको थियो भने त्यहाँबाट पिठ्यौँमा बोकेर लापा गाउँसम्म पहाडी मार्गमा पाँच घण्टाको पैदल यात्रापछि पुर्‍याइएको लापा माविमा सञ्चालित आइसोलेशन सेन्टरबाट भट्ट मिलनले जानकारी दिए ।

यससँगै आवश्यक औषधिसहितको पाँच सय थान मेडिसिन किट तयार रहेको र आगामी कार्यक्रममा हस्तान्तरण गरिने सेवा इन्टरनेशनल नेपालका प्रोजेक्ट कोओर्डिनेटर प्रसन्न वैद्यले जनाएका छन् ।

रुवीभ्याली गाउँपालिकाको कोभिड अस्पतालमा उपचाररत विरामी तथा तिनका कुरुवासमेतलाई गरी आगामी एक महिनाको भोजन व्यवस्था पनि सेवा एवं कल्याण आश्रमका तर्फबाट गरिँदै छ ।

सेवा इन्टरनेशनल नेपालले काठमाडौँ, नेपालगञ्ज, भैरहवा, लमजुङलगायतका स्थानमा पनि अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरूप पठाइसकेको छ । त्यस्तै महेन्द्रनगरस्थित महाकाली अस्पताललाई एक महिनासम्म अक्सिजन आपूर्तिमा सहयोग पुर्‍याएको छ ।

यसबाहेक विभिन्न सञ्चालनमा सञ्चालनमा रहेका औषधि आपूर्तिका लागि औषधि बैंक, खाद्यान्न आपूर्तिका लागि फूड बैंक आदिमा पनि सेवाले सहयोग पुर्‍याइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि