बैशाख ०७, २०८१, शुक्रबार
               

अध्यक्षले पार्टीको निर्णय मान्नुपर्छ, आजको बैठक रोकिन्न : प्रवक्ता श्रेष्ठ

नेपाल फ्ल्यास
साउन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा स्थायी कमिटी बैठक स्थगित गरे पनि ओलीइतर समूहका नेताहरु बैठक नरोकिने भन्दै बालुवाटारमा पुगेका छन् । 

बैठक कक्षमा पुगेर नेताहरु अहिले आन्तरिक छलफलमा जुटेका छन् । 

पार्टीभित्र विवाद चर्किँदै जाँदा ओलीले अर्का अध्यक्ष प्रचण्डसहितका अन्य कुनै नेताहरुसँग परामर्श नगरी स्थगित गरेका थिए । 

'वालुवाटारमा हामी २४ जना कमरेड जम्मा भएका छौं, अरु साथीहरु पनि आउँदै हुनुहुन्छ, सबै आएपछि बैठक सुरु गर्छौं, कसैले रोकेर आजको बैठक रोकिन्न्, अब सुरु हुन्छ' नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । 

अध्यक्ष ओली पनि बैठकमा उपस्थित हुनुपर्ने र पार्टीको निर्णय मान्नुपर्ने प्रवक्ता श्रेष्ठले बताए ।

'अध्यक्ष केपी शर्मा ओलीले पनि बैठकमा उपस्थित भएर आफ्नो बिचार राख्नुपर्छ र पार्टीको निर्णय मान्छु भन्नुपर्छ ।' प्रवक्ता श्रेष्ठले भने, 'पार्टी एकताको रक्षा र यथास्थितिमा गुणात्मक परिवर्तन गर्ने गरी निकास निकाल्नु पर्छ । समस्या र छलफल मुलतः प्रवृत्तिको हो, व्यक्तिको होइन ।'

यो पनि