बैशाख १३, २०८१, बिहीबार
               

नेकपा स्थायी कमिटी बैठक स्थगित

नेपाल फ्ल्यास
साउन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (मंगलबार) बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । 

स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो ।

पार्टीका दुई अध्यक्ष कोपी शर्मा ओली र प्रचण्डबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

यसअघि साउन ६ गते बसेको बैठक बाढी पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा जुट्ने प्रस्ताव पास गर्दै स्थगित गरिएको थियो ।

यो पनि