बैशाख १४, २०८१, शुक्रबार
               

ओली–प्रचण्डबीच बढ्यो दूरीः बिहान हुने भनिएको भेटवार्ता स्थगित

नेपाल फ्ल्यास
साउन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच बिहान हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।

ओली र प्रचण्डबीच दूरी बढेपछि भेटवार्ता नै स्थगित भएको हो । बालुवाटार स्रोतले ९ बजे हुने भनिए पनि नभएको भेटवार्ता बिहान ११ बजेअघि भेटवार्ता हुनसक्ने जनाएको छ ।

आज ११ बजेका लागि तय भएको स्थायी कमिटी बैठक ओली पक्षले स्थगित गर्ने तयारी गरेको छ भने प्रचण्ड–नेपाल पक्षधरले बैठक नियमित चलाउने योजना बनाएका छन् ।

ओली अनुपस्थित हुने अवस्थामा पार्टी कार्यालय धुम्बाराहीमै भए पनि बैठक सञ्चालन गर्ने प्रचण्डको तयारी छ ।

अध्यक्षद्वयबीच सहमति कायम गर्नका लागि आज बिहान महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँग लामो छलफल गरेका छन् । तर, पौडेलको प्रयास पनि सफल हुन सकेको छैन ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली स्थायी कमिटी बैठक रोक्ने पक्षमा छन् भने कार्यकारी अध्यक्ष प्रचण्ड आजदेखि नियमित एजेण्डामा छलफल अगाडि बढाउने (बैठक नरोक्ने) पक्षमा छन् ।

यो पनि