चैत १६, २०८०, शुक्रबार
               

नेपालको परिस्थिति अझ गम्भीर हुनेछ: डा. भ्यानडिलिएर

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का नेपालस्थित कार्यालयका प्रतिनिधि डा.जोस भ्यानडिलिएरले नेपालमा हाल देखिएको कोरोना संक्रमणको संख्या सुरुवातमात्रै भएको र भविष्यमा संक्रमितको संख्या अझ धेरै हुने बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित पत्रकार सम्मेलनमा भ्यानडिलिएरले विश्वमा हेर्दा नेपालको समग्र जनसंख्याको एकदेखि दुई प्रतिशतसम्म संक्रमित भएको पाइएकाले आगामी दिनमा संक्रमितको संख्या बढ्दै परिस्थिति अझै गम्भीर हुने बताए ।

‘अहिले नेपालमा संक्रमितको संख्या बढ्दै छ। केही महिनाअघि आप्रवासीहरुमा बढी देखिएको थियो,’ उनले भने, ‘यो सुरुवातमात्रै हो। आगामी हप्ता, महिनामा निकै नै केस बढ्नेछन्। परिस्थिति अझ नराम्रो हुनेवाला छ।’

उनका अनुसार सामाजमा पाका उमेरका मानिसहरुमा पनि संक्रमण बढ्दै जाने भएकाले मृत्युको संख्या पनि बढ्दै जाने बताए। तर, ब्राजिलजस्ता धेरै प्रभावित देशमा पनि एकदेखि दुई प्रतिशतसम्म संक्रमित देखिएकाले सबै जनसंख्यालाई संक्रमण नहुने भन्दै नआत्तिन पनि आग्रह गरेका छन् ।

उनले विश्व स्वास्थ्य संगठनले कोभिडविरुद्ध लड्न नेपाल सरकारलाई पूर्वतयारी, निगरानी, तथ्यांक संकलन, प्रयोगशालाको क्षमता र गुणस्तर सुनिश्चितता, लजिस्टिक तथा मापदण्ड बनाउन सहयोग गरिरहेको जानकारी दिए।


कस्तो लाग्यो ?

यो पनि