बैशाख ०८, २०८१, शनिबार
               

प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारकाे आलोचना

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८

ADVERTISEMENT

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार निर्माण भएको सय दिन पूरा भएको छ । सरकारले सय दिन निकै उपलब्धि मूलक भएको दाबी गरेको छ । प्रधानमन्त्री देउवाको सचिवालयले १०० दिनमा कोभिड–१९ को खोप अभियानमा निकै ठूलो प्रगति भएको जिकिर गरेको छ ।

सरकारले ‘नेपाल पहिला’ परराष्ट्र नीति अबलम्बन गरेको र खोप कूटनीतिमा तुलनात्मक सफलता हात पारेको दाबी गरेको छ । देउवा सरकारले केही समयअघि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिएको थियो । विवादमा मुछिएपछि उद्योगमन्त्रीले राजीनामा दिएका छन् ।

हाल उद्योग मन्त्रालय प्रधानमन्त्री देउवा आफैँले राखेका छन् । सय दिन पुग्दा पनि गठबन्धन सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै  विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि