बैशाख १४, २०८१, शुक्रबार
               

मेलम्ची बाढी पहिरोमा परेर २० जना बेपत्ता

नेपाल फ्ल्यास
असार ०२, २०७८

ADVERTISEMENT

भारी वर्षापछि सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीबाट बेपत्ता हुनेको संख्या २० जना पुगेको छ । बेपत्ता हुनेमा मेलम्ची खानेपानी आयोजनाका मात्रै आठ जना कामदार छन् ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार बुधबार बेलुकीसम्ममा बेपत्ता हुनेको संख्या २० पुगेको हो ।

 

गएरातिदेखि मेलम्ची खोलामा एक्कासी भीषण बाढी आएको थियो । बाढीले तटीय क्षेत्रका केही बस्तीमा क्षति पुर्‍याएको छ ।

मेलम्ची खानेपानी आयोजनाको हेडवक्स निर्माणस्थलाभन्दा माथि निकै ठूलो पहिरो गएको थियो ।

बाढीले इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको कर्मचारी बस्नका लागि बनाएको टहरा लगायतको संरचना बगाएको छ । राति बाढी तथा पहिरो गएकोले उद्दार कार्यमा समस्या भएको थियो । 

मेलम्चीमा रहेको सशस्त्र प्रहरीको ब्यारेकबाट सुरूमा उद्दार गरे पनि पछि काठमाडौंबाट २५० जनाको नेपाली सेनाको टोली मेलम्ची पुगेको थियो । 

बाढीले निजी भौतिक संरचनामा पनि बाढीले क्षति पुर्‍याएको छ । बाढीका कारण तिम्बु बजार बगाएको छ । बाढीका कारण हेलम्बु गाउँपालिका वडा नम्बर १ र २ मा दुई सयभन्दा बढी घर जोखिममा छन् ।

अविरल वर्षाका कारण सिन्धुपाल्चोकका सबै नदीहरुमा पानीको बहाव बढिरहेको छ । इन्द्रावती, मेलम्ची, सुनकोशीको तटीय क्षेत्रमा बसोबास गर्नेहरु माथिल्लो भेगमा सरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि