बैशाख ११, २०८१, मंगलबार
               

मेलम्ची अपडेट : सेनाको हेलिकोप्टरसहित २५० जना सुरक्षाफौजको टोली घटनास्थल पुग्यो

नेपाल फ्ल्यास
असार ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । भारी वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्चीमा आएको भीषण बाढीबाट डुबानमा परेका मानीसहरुको उद्धार गर्न सेनाको हेलिकोप्टरसहित सुरक्षा फौजको टोली घटनास्थल पुगेको छ । 

आज विहानै उद्दारका लागि हेलिकोप्टरसहित नेपाली सेना, नेपाल प्रहरीको टोली घटनास्थल पुगेको गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए । उनका अनुसार चौतारा र काभ्रेको धुलिखेलबाट २५० जनाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली मेलम्ची घटनास्थल पुगेको हो ।

लगातारको वर्षासँगै आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार डुबानमा परेको छ । केही घर भत्किएका छन् भने कम्तीमा पाँच पुल बगाएको छ । स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिँदै छ । 

बाढी र पहिरोमा परी कम्तिमा सात जनाको जानकारी आए पनि आधिकारिक पुष्टि हुन बाँकी रहेको बताइएको छ । साथै, यस घटनाप्रति दुःख व्यक्त गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले पनि विभिन्न निकयहरुलाई सहयोगको अपिल गरेका छन् । मन्त्री तामाङ सिन्धुपाल्चोकबाटै निर्वाचित जनप्रतिनिधि हुन्‌ । 


कस्तो लाग्यो ?

यो पनि