बैशाख २६, २०८१, बुधबार
               

राप्रपा अध्यक्ष राणाले सिन्धुपाल्चोक पुगेर भने - 'बाढीपिडितकाे उद्धार र तत्काल राहत दिनू'

नेपाल फ्ल्यास
असार ०२, २०७८

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक जिल्लाका बाढी पिडित क्षेत्रका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै राणले भने । ‘प्राकृतिक विपत्तिको मारमा परेका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारले कुनै विलम्ब गर्नु हुँदैन । अविरल वर्षाबीच जनधनको क्षति र जोखिम कायम रहेकोले आपतकालीन परिचालन गर्न सरकारलाई आह्वान गर्दछु ।’ 

बाढी प्रभावित क्षेत्रका जनतासँग कुराकानी गर्ने क्रममा राणाले व्यक्तिगत रुपमा आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता पनि जाहेर गरे । प्राकृतिक प्रकोपमा मृत्यु भएका स्थानीयप्रति श्रद्धान्जलि अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरे ।

सिन्धुपाल्चोक जिल्लाका बाढी पिडित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा राणा मेलम्ची, तिम्बु, किउल, चनौते, ग्याल्थुम, याङ्ग्री र हेलम्बु लगायतका स्थान पुगेका थिए ।

दुःखमा परेका जनतालाई सहयोग गर्ने विषयलाई लिएर अध्यक्ष राणाले सभामुख अग्नीप्रसाद सापकोटासँग मेलम्चीमा छलफल गरे । यसै गरी सभामुख सापकोटा, प्रदेश सांसद, नगर प्रमुख लगायतको उपस्थितिमा सर्वपक्षीय बैठक बसेर आपतकालीन निकासका लागि पहल गरे ।

सो अवसरमा, पिडित जनताको उद्धार र राहत कार्यमा क्रियाशील हुन राप्रपाका स्थानीय नेता तथा कार्यकर्तालाई अध्यक्ष राणाले निर्देशन दिए ।


कस्तो लाग्यो ?

यो पनि