बैशाख २४, २०८१, सोमबार
               

स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार खेदजनक : राष्ट्रपति

नेपाल फ्ल्यास
जेठ १४, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारलाई खेदजनक भनेकी छिन् ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत चिकित्सक तथा नर्समाथि गरेको दुर्व्यवहारप्रति आपत्ति जनाएकी हुन् । 

उनले आफ्नो र परिवारको जीवन जोखिममा लिएर कोभिडका बिरामीको उपचारमा संलग्न चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक भएको बताएकी हुन् ।

उनले महामारीको समयमा भावनात्मक उत्तेजनामा नआउन र धैर्य अपनाउन आग्रह गरेकी छिन् । विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै महामारीलाई परास्त गर्नु साझा दायित्व भएको उनले उल्लेख गरेकी छिन् ।

आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ। दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।


कस्तो लाग्यो ?

यो पनि