जेठ ०६, २०८१, आइतबार
               

दोषीलाई कारवाहीको माग गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

नेपाल फ्ल्यास
जेठ १४, २०७८

ADVERTISEMENT

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमणको भर्त्सना र दोषीमाथि कारबाहीको माग गर्दै त्यहाँ स्वास्थ्यकर्मीले आन्दोलन गरेका छन्।

आन्दोलनरत स्वास्थ्यकर्मीहरूले 'राजनीति चाहिँदैन, स्वास्थ्यकर्मी कुट्न पाइँदैन, नो सेक्युरिटी, नो वर्क, दोषीलाई कारबाही गर, हामीलाई न्याय चाहियो लगायतका नारासहित अस्पताल परिसरमै प्रदर्शन गरेका हुन्।

अस्पतालमा गएराति एकजना कोरोना संक्रमितको मृत्यु भएको थियो । त्यसपछि चिकित्सकमाथि आक्रमण भएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले स्वास्थ्यकर्मीहरू सन्त्रासमा रहेको बताए । स्वास्थ्यकर्मीहरू अस्पताल परिसरमा बाहिरै भेला भएर विरोध जनाएका पनि काम भने नरोकेको उनले जानकारी दिए ।

बिहीबार राति मृत्यु हुने दाङको तुलसीपुर उपमहानगरपालिका ११ निवासी ५४ वर्षीय डिल्लीबहादुर रावत थिए । उनको मृत्युपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४-५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

मृतकका भाइ मानबहादुर र छोरा भरतसहित तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि