भदौ २३, २०८१, आइतबार
               

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न प्रचण्डकाे माग

नेपाल फ्ल्यास
जेठ १४, २०७८

ADVERTISEMENT

नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कानुअनुसार कारवाही गर्न नेकपा माओवादीका अध्यक्ष प्रच्णडले माग गरेका छन्  । गएराति स्वासथ्यकर्मीमाथि आक्रमण भएपछि अध्यक्ष प्रचण्डले यस्ताे माग गरेका हुन् ।

गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना सङ्क्रमित बिरामी अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गएराति करिब ८ बजे मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको थियो । 

मृतकका आफन्तले डा चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका थिए । मृतकका छोरा र दुई भाइले ड्युटीमा रहेका चिकित्सक साहु र नर्समाथि हातपातको प्रयास गरेपछि तनाव भएको थियो । बिरामीको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आइसीयूकक्षमा तोडफोड समेत भएकाे छ । 

ड्युटीमा खटिएका बेला आफूमाथि हातपात भएपछि अस्पतालभित्र स्वास्थ्यकर्मीको भागाभाग भएको  र चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते भएका छन् । साथै उनीहरूले एक तलामाथिबाट हाम फालेर  ज्यान जोगाएका थिए । 


कस्तो लाग्यो ?

यो पनि