बैशाख १४, २०८१, शुक्रबार
               

कोरोनाबाट हालसम्म ३४१ प्रवासी नेपालीकाे मृत्यु

नेपाल फ्ल्यास
फागुन २३, २०७७

ADVERTISEMENT

कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार निधन भएका उनीहरू बेलायतमा बस्दै आएका थिए  ।

शनिबार साँझसम्म ३४१ नेपालीको कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको छ  । हालसम्म  २१ देशमा रहेका नेपालीको कोरोना सङ्क्रमणले निधन भएका हो । हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपाली सङ्क्रमित भएका छन् ।

सङ्घ का अनुसार कोरोनाका कारण हालसम्म सबै भन्दा बढी साउदी अरबमा ८८ , बेलायतमा ८६ र यूएइमा ५० जना नेपालीको ज्यान गएको ‘कोभिड १९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

शनिबार साँझसम्म विभिन्न मुलुकका ६२  हजार ९८१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार ६२८ कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ ।  गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यस स्वीडेन, मलेसिया, युएई र पोर्चुगलमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि