बैशाख २१, २०८१, शुक्रबार
               

विदेशमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३०० नाघ्यो

नेपाल फ्ल्यास
मंसिर २१, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको कूल सङ्ख्या ३०१ पुगेको छ ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा मृत्यु भएको हो । यो साता जर्मनीमा एक र भारतमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । 

कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको मृत्यु भएको यो पहिलो घटना भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ । 

शनिबार साँझसम्म  विदेशका ४९ मुलुकमा ४८ हजार ६३९ गैरआवासीय संक्रमित भएका छन् । सोही अवधिमा ४४ हजार ६७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कूल संक्रमितको ९१ प्रतिशत रहेको हो ।  

हालसम्म नेपालमा मात्र दुई लाख १६ हजार ५९४ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन् भने तीमध्ये दुई लाख ३४ हजार ७५६ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९२ दशमलव तीन प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण एक हजार ५२९ जनाको ज्यान गएको छ ।    

छिट्टै खोप आउने विश्वास 

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सापकोटाले कोरोना भाइरसविरुद्धको खोप अब छिट्टै प्रयोगमा आउने सङ्केत देखापरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

रुसले निर्माण गरेको स्पुत्निक पाँच खोपको सामूहिक परीक्षण सुरु गरिएको र बेलायत तथा बहराइनले अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले संयुक्तरुपमा निर्माण गरेका खोपको प्रयोगका लागि अनुमति दिएसँगै नयाँ आशा पलाएको उनको भनाइ छ ।  


कस्तो लाग्यो ?

यो पनि