बैशाख १५, २०८१, शनिबार
               

कोरोनाका कारण हालसम्म २९३ प्रवासीकाे मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७

ADVERTISEMENT

कोरोनाका कारण विभिन्न देशमा मृत्यु हुने नेपालीकाे संख्या २९३ पुगेकाे छ । यो शनिबारसम्मकाे तथ्यांक हाे । गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण थप आठ जना नेपालीकाे ज्यान गएसँगै मृतककाे संख्या २९३ पुगेकाे हाे । 

सङ्घका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४३९ जना  नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये अनुमानित ४१ हजार ४३९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । विदेशमा कोरोनामुक्त हुने नेपालीको सङ्ख्या ९१ प्रतिशत रहेको छ ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अरबमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को स्वास्थ्य समिति ले चाडपर्वका बेला हुने ससाना भेटघाटहरु कम गर्न  आग्रह गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि