बैशाख १५, २०८१, शनिबार
               

कोरोनाले भारतमा थप ८ नेपालीको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको मृत्युु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण ८ जना नेपाली ज्यान गएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म कोरोनाका कारण मृत्युु हुने नेपाली संख्या २ सय ९३ जना पुगेको छ ।

संघका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४ सय ३९ जना नेपालीमा कोराना संक्रमण देखिएको छ। तीमध्ये अनुमानित ४१ हजार ४ सय ३९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

विदेशमा कोरोना मुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत रहेको छ ।

गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अबरमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघ ९एनआरएनए० को स्वास्थ्य समिति ले चाडपर्वका बेला हुने स(साना भेटघाटहरु कम गर्न आग्रह गरेको छ । समितिका संयोजक डा। सापकोटाले सोसियल डिस्ट्यान्स कायम राख्दै चाडपर्व मनाउन सबैलाई आग्रह गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि