बैशाख २२, २०८१, शनिबार
               

कोरियामा  १८ नेपालीलाई कोरोना

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना संक्रमण भएको पुष्टि भएको छ । यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा संक्रमण पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ ।

कम्पनीमा कार्यरत २० वर्षीया नेपाली युवतीले आफूलाई असहज महसुस गरेपछि कोरोना परीक्षा गराएकी थिइन् । परीक्षणपछि उनमा कोरोना संक्रमण पुष्टि भएपछि सँगै कार्यरत अन्यको पनि परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

संक्रमित १८ जनाकै उपचार भइरहेको र उनीहरूसँगै काम गर्ने तथा सँगै बस्ने अन्य २६ जनालाई आइसोलेशनमा राखिएको छ । उनीहरूसँंग सम्पर्क भएको भनिएका १३१ जनाको पनि परीक्षण भइरहेको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ ।

यो पनि