बैशाख २७, २०८१, बिहीबार
               

कोरोना संक्रमणबाट लग्जम्बर्गमा एक नेपालीको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट यो साता विदेशमा थप एक जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्बर्गमा थप एक जनाको मृत्यु भएको हो ।

समितिका अनुसार शनिवार साँझसम्म विदेशमा १६ देशमा १९२ जना नेपालीहरुको मृत्यु भइसकेको छ । स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड-१९ को दोस्रो लहर सुरु भइसकेको छ । सापकोटाले कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा  फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजक रहन आग्रह गरेका छन् ।

विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको समितिले जनाएको छ ।

हालसम्म विदेशमा मात्र ३४ हजार ३०१ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ९३.५ प्रतिशत अर्थात ३२ हजार २ सय ५३ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि