बैशाख २४, २०८१, सोमबार
               

मृत्यु भएको १३ दिनपछि दिल्लीमा नेपालीको अन्त्येष्टि

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना सङ्क्रमणबाट भारतको नयाँ दिल्लीमा मृत्यु भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि गरिएको छ । 

नयाँ दिल्लीको पहाडगञ्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत झापाका ४९ वर्षीय ज्ञानबहादुर बस्नेतको कोरोना संक्रमणबाट गत जेठ २५ गते मृत्यु भएको थियो ।

मृत्यु भएको १३ दिनपछि शनिबार नेपाली जनसम्पर्क समिति भारतको सहयोगमा दिल्लीमा अन्तिम संस्कार गरिएको हो ।

जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले कोरोना संक्रमणबाट निधन भएका बस्नेतको शवलाई नेपाल पठाउन समस्या भएपछि दिल्लीमै अन्त्येष्टि गरिएको जानकारी दिए । 

“दिल्लीमा शव बुझ्ने व्यक्ति नभएपछि ग्रिनतारा सोसाइटीको पहलमा नेपाली जनसम्पर्क समिति भारतले शव बुझेर अन्तिम संस्कार गरेको हो”, अध्यक्ष पाण्डेले भने । 

शव बुझ्ने व्यक्ति नेपालमा भएपछि परिवारलाई पत्राचार गरेर शव व्यवस्थापन गरिएको थियो ।

जेठ २२ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लेडिहार्डिङ अस्पतालमा लगिएका बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि