बैशाख २८, २०८१, शुक्रबार
               

अमेरिकामा कोरोनाबाट थप एक नेपालीको मृत्यु

नेपाल फ्ल्यास
बैशाख १४, २०७७

ADVERTISEMENT

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको कोलोराडो राज्यको बोल्डरमा बस्ने लोकेन्द्र कार्कीको मृत्यु भएको बताइएको छ । उनको गत शुक्रबार मृत्यु भएको हो ।

मृतक कार्की लामो समयदेखि बोल्डरमा सपरिवार बस्दै आएका थिए । उनका दुई छोरी र एक छोरा छन् ।  उनकी श्रीमती केही दिन विदामा नेपाल आएको र लकडाउनका कारण यतै रोकिएकी छन् । 


कस्तो लाग्यो ?

यो पनि