बैशाख २७, २०८१, बिहीबार
               

बेलायतमा थप तीन नेपालीको मृत्यु

रासस
बैशाख १२, २०७७

ADVERTISEMENT

बेलायतमा कोरोनाका कारण थप तीनजना नेपालीको मृत्यु भएको छ । सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताए। 

प्युठान पुरानो घर भएका गुरुङ बसाइँसराइ गरी भारत बस्दै आएका थिए भने भुपु गोरखा सैनिकका परिवारलाई बेलायतमा बस्न दिने निर्णय भएपछि उनी लण्डनको बस्न थालेका  थिए । 

आफ्ना छोरी ज्वाइँलाई समेत बेलायत ल्याउन आर्थिक हिसाबले सजिलो होस् भनेर पछिल्लो समय उनले पूर्णकालीन रुपमा कामसमेत गर्दै आएको समाजसेवी लीलादेवी गुरुङले बताइन् ।
खोटाङ घर भई हाल बेलायतको ननिटनमा बस्ने बीमा नाछिरिङ राईको पनि उपचारका क्रममा जर्ज इलिट अस्पतालमा मृत्यु भएको हो । उनी भुपु गोरखा सैनिक डाकबहादुर राई र श्रीमती देशी राईकी माइली छोरी हुन् । उनी गत वर्ष मात्र बेलायत आएकी थिइन् । 

एक साताअघि कोरोनाको सङ्क्रमण भएर अस्पताल भर्ना भएकी राईलाई पहिलेदेखि मिर्गौलाको समस्या रहेको ब्रिटिश गोरखा भेट्रन्स एसोसिएसनका महासचिव भीम सारुमगरले जानकारी दिए। 

त्यस्तै, कोरोना सङ्क्रमणबाट बेलायतमा थप एक नेपालीको बुधबार मृत्यु भएको छ । बेलायतको रेडिङ सहरमा बस्दै आएका ६५ वर्षीय हंशराज लिङ्देनको उपचारका क्रममा रोयल बर्कसायर अस्पतालमा निधन भएको नातेदार विजयविक्रम लिङदेलले जानकारी दिए । 

तीन साताअघि अस्पताल भर्ना भए पनि तीन दिन पहिला मात्रै कोरोना भएको अस्पतालले पुष्टि गरेको थियो । उच्च रक्तचापको नियमित औषधि सेवन गर्ने लिङ्देल १४ वर्षदेखि परिवारका साथ बेलायत बस्दै आइरहेको समाजसेवी कमल गुरुङ बताउँछन् ।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि