बैशाख १६, २०८१, आइतबार
               

बेलायतमा थप एक भूपू गोरखा सैनिकको मृत्यु

रासस
बैशाख ०५, २०७७

ADVERTISEMENT

लण्डन । कोरोना भाइरसबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो । स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो । पाल्पा स्थायी घर भएका थापा पछि बुटवल बसाइँ सरेका थिए । पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि खाँदै आइरहेका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको पाल्पा जिल्ला समाजका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए ।

अध्यक्ष रेग्मीका अनुसार सन् २००९ देखि बेलायतमा श्रीमतीसहित बस्दै आएका थापाका जेठा सन्तान नेपालमै र कान्छा सन्तान बहराइनमा छन् । हालसम्म कोरोनाका कारण बेलायतमा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि