बैशाख १५, २०८१, शनिबार
               

कोरोनाबाट बेलायतमा थप एक नेपालीको ज्यान गयो

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

एजेन्सी । विश्वभर महामारीको रूप लिएको कोरोना भाइरसबाट बेलायतमा थप एक जना नेपालीले ज्यान गुमाएका छन् । साउथ इष्ट लण्डनमा बस्दै आएका ५८ वर्षीय लक्ष्मण श्रेष्ठको बुधवार बिहान कोरोनाबाट ज्यान गएको जनाइएको छ । 

रुघाखोकी र पखाला लगायतका लक्षणहरु  देखिएपछि गत मार्च ३१ मा उनी अस्पताल  भर्ना भएको र भेन्टिलेटरमा राखिएको थियो । 
 नेपाल घर स्याङ्जा भएका श्रेष्ठको बसोबास पछिल्लो समय पोखरामा भएको बताइएको छ ।

उनका श्रीमती, एक छोरा र तीन छोरी छन्  भने सन् २०१० देखि बेलायत बस्दै आएका  थिए । काेराेनाले ज्यान गुमाएका श्रेष्ठ लण्डनको ओलम्पिक पार्कमा ‘रेस्क्यू ड्राइभर’का रुपमा कार्यरत थिए। 
 
 


कस्तो लाग्यो ?

यो पनि