बैशाख ०७, २०८१, शुक्रबार
               

प्रचण्डविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा सुनुवाइ हुँदै, माओवादीका कानुन व्यावसायीको आपत्ति

नेपाल फ्ल्यास
फागुन २६, २०७९

ADVERTISEMENT

माओवादी निकटका कानुन व्यवसायीहरूको आपत्तिबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटको सुनुवाइ सुरु भएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ सुरु भएको हो  ।

गोलाप्रथाबाट खतिवडाको इजलासमा परेपछि रमण श्रेष्ठ, चण्डेश्वर श्रेष्ठलगायतका कानुन व्यवसायीहरूले न्यायाधीश खतिवडालाई भेटेर रिटको सुनुवाइ नगर्न आग्रह गरेका थिए । दरपिठ बदरको आदेश दिएको कारण खतिवडाबाट रिटको सुनुवाइ गर्न नहुने उनीहरूको जिकिर थियो । तर हकी स्वभावका न्यायाधीश खतिवडाले कानुनतः आफूलाई सुनुवाइ गर्न नमिल्ने नभएको तर्क गरेका थिए । 

बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याउने हुँदै शुक्रवारका लागि सरेको थियो। 

दस वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको समयमा भएका व्यक्तिको मृत्युमध्ये पाँच हजारको जिम्मा आफूले लिने भनेपछि दाहाल विवादमा तानिएका थिए। द्वन्द्वपीडित परिवार एवं अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दाहालसमेत विरुद्ध रिट दायर गरेका थिए ।

सर्वोच्च प्रशासनले रिटको दरपिठ गरेको थियो । दरपिठ विरुद्ध दिइएको निवेदनमा गत शुक्रवार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले दर्ता गर्न आदेश गरेको थियो। उक्त आदेशपछि मंगलबार रिट दर्ता भएको थियो।

यसैबीच न्यायको माग गर्दै द्वन्द्वपीडितहरूले सर्वोच्च अदालत अगाडि आजै प्रदर्शन गरेका छन् । 

यो पनि