बैशाख १६, २०८१, आइतबार
               

को बन्ला कांग्रेस संसदीय दलको नेता?

नेपाल फ्ल्यास
पुस ०५, २०७९

ADVERTISEMENT

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि उम्मेदवारी दर्ता आज मंगलबार हुँदै छ। 

संसदीय दलको नेताको निर्वाचन भने भोलि हुनेछ। 

दलको नेताको लागि सभापति शेरबहादुर देउवा ढुक्क छन्। तर उनका विरोधी समूहमा भने नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच कुरा मिलेको छैन। 

आज दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। भोलि बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदान हुने जनाइएको छ।

मतदाता नामावली अर्थात् सांसदहरूको सूची हिजो नै प्रकाशन गरिएको थियो। मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने निर्वाचन समितिले जनाएको छ।

संसदीय दलको नेता चुनिनेमा देउवा निश्चिन्त छन्। हुन पनि उनको पक्षका धेरै सांसदहरू विजयी भएर आएका छन्। दलमा पनि उनको प्रभावशाली पकड छ। संस्थापन इतर समूहका कोइराला र थापाबीच हिजो दिनभर सहमति जुटाउने प्रयास भए पनि निष्कर्षमा पुग्न सकेन। कोइरालामा दलभित्रको विपक्षी नेता रहिरहने चाहना छ भने थापा दलमा आफ्नो उपस्थितिलाई विस्तार गर्न चाहन्छन्।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ।

कांग्रेसले राष्ट्रपति र पहिलो चरणमै प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेको छ।

यो पनि