बैशाख ०७, २०८१, शुक्रबार
               

प्रतिनिधिसभा विघटन सम्बन्धी रिटको सुनुवाइ जारी

नेपाल फ्ल्यास
जेठ १४, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी ३० वटा रिटको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ ।

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा र चार जना न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।

प्रतिनिधिसभाका १४६ सदस्यसहितका २६ रिट निवेदक संसद् पुनःस्थापना गर्नुपर्ने पक्षमा छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरिएको थियो ।

 

यो पनि