बैशाख १३, २०८१, बिहीबार
               

संवैधानिक इजलासमा को को छाने प्रधानन्यायाधीशले ?

नेपाल फ्ल्यास
जेठ १४, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठन गरेका छन् ।

इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र  बमकुमार श्रेष्ठलाई राखिएको छ । कार्की दोस्रो वरियताका न्यायाधीश हुन् । त्यसैगरी भट्टराई साताैँ, केसी ११औँ र श्रेष्ठ १२औँ वरियतामा पर्छन् ।

संवैधानिक इजलासको नेतृत्व प्रधानन्यायाधीशले गर्ने छन् । विघटनसँग सम्बन्धित ३० वटा रिटको आजदेखि सुनुवाइ हुँदै छ । 

प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीले अघिल्लोपटक प्रतिनिधिसभा विघटन सम्बन्धी रिटको पनि सुनुवाइ गरेका थिए ।

यो पनि