बैशाख २२, २०८१, शनिबार
               

प्रधानमन्त्रीका लागि दाबी पेस गरेर फर्कियो विपक्षी गठबन्धन

नेपाल फ्ल्यास
जेठ ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति प्रधानमन्त्रीमा आफ्नो दाबी पेस गरेर फर्किएका छन्  । 

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेबमोजिम संविधानको धारा ७६ (५) बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरी उनीसहित नेकपा एमालेका नेता माधव नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शीतल निवासबाट फर्किएका हुन् । 

विपक्षी गठबन्धनका १ सय ४९ सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीमा दाबी गरेका थिए। सिंहदरबारमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्ष र नेकपा एमालेका माधव नेपाल पक्षसँग छलफल गरी बहुमत सांसदको हस्ताक्षर बोकेर देउवा शितलनिवास पुगेका थिए। 

तर,  त्यसअघि शितल निवास पुगेका प्रधानमन्त्री ओलीले १५३ जनाको हस्ताक्षरसहित आफूसँग बहुमत रहेको भनी दाबी पेस गरेका थिए ।जसका कारण उनीहरुले राष्ट्रपति भेट्नका लागि केही समय कुर्नुपरेको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि