बैशाख २१, २०८१, शुक्रबार
               

१४९ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धन शीतल निवासमा

नेपाल फ्ल्यास
जेठ ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेताहरु नयाँ सरकारको दाबी लागि १४९ जनाको हस्ताक्षरसहित शितल निवास पुगेका छन् । 

सिंहदरबारमा बसेको नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि उनीहरु राष्ट्रपति निवास गएका हुन्।

शुक्रबार सिहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेको हो ।
कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ -एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन भन्दै नेताहरु शीतल निवास गएका हुन्। १ सय ४९ सांसदको हस्ताक्षर सहित शीतल निवास गएको कांग्रेस नेता गगन थापाले जानकारी दिए।

सिंहदरबारबाट बाहिरिँदा नेताहरुले कुनै पनि प्रतिक्रिया भने दिएनन्। तर बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनको निर्णय गरेको छ।

यो पनि