काठमाडौं । प्रधानमन्त्रीले आफूलाई १५३ जना सांसदको विश्वास रहेको दाबी राष्ट्रपतिसामु गरेको खुलेको छ ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् ।
विपक्षी दलहरूको तर्फबाट १४९ सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरिरहेको बेला ओलीले आफूसँग बहुमत भएकोले प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गरेको खुलेको हो ।
नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको छ।
— Bishnu Rimal (@BishnuRimal) May 21, 2021
दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएको छ।
— Bishnu Rimal (@BishnuRimal) May 21, 2021