बैशाख १७, २०८१, सोमबार
               

विपक्षी गठबन्धनबाट हटाइयो योगेशको नाम

नेपाल फ्ल्यास
जेठ ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । नयाँ सरकार गठनका लागि गरिएको हस्ताक्षरबाट नेकपा एमालेका नेता योगेश भट्टराईको नाम हटाइएको छ । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहमा रहेका नेता योगेश भट्टराईले असहमति जनाए विपक्षी गठबन्धनले नयाँ प्रधानमन्त्री चयनका लागि संकलन गरिएको नामबाट उनलाई हटाइएको हो । 

एक स्रोतका अनुसार नेता भट्टराईले आफू यो प्रक्रियामा सहभागी हुन नसक्ने भन्दै नाम समावेश नगर्न आग्रह गरेका थिए ।त्यसपछि उनको नाम हटाइएको स्रोत बताउँछ । 

त्यस्तै नेपाल समूहमा रहेका सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत पाँच नेताले आफूहरुको पनि सहमति नभएको जनाएको एमालेकै एक नेताले बताए ।

यो पनि