बैशाख १६, २०८१, आइतबार
               

अख्तियारलाई सर्वोच्चको आदेश : स्टिङ अप्रेसन नगर्नू

नेपाल फ्ल्यास
बैशाख ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले स्टिङ अपरेसन नगर्न आदेश दिएको छ ।

सर्वोच्चमा अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा स्टिङ अपरेशनविरुद्ध दायर सो रिटमा बहस गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले सो आदेश दिएको हो । 

अदालतको आदेशबमोजिम अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने व्यक्ति पक्राउ गर्न पाउने छैन । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा घुस रकमसहित पक्राउ गर्न स्टिङ अपरेसन गर्दै आएको थियो ।

घुसवापतको रकम आफैँ उपलब्ध गराएर अख्तियारले गर्दै आएको स्टिङ अप्रेसनले व्यक्तिको स्वतन्त्रता र मर्यादामा आँच पुर्‍याउने र संविधानले सुनिश्चित गरेको मौलिक हकविरुद्ध हुने जिकिर गर्दै घिमिरेले स्टिङ अपरेशन खारेज गर्न माग गरेका थिए ।

यो पनि