बैशाख १५, २०८१, शनिबार
               

सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने : राजनीतिक निकास आवश्यक छ

नेपाल फ्ल्यास
बैशाख ०४, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकटलाई निकास दिन आवश्यक रहेको बताएका छन् । 

शनिबार बालुवाटारमा आयोजित सर्वदलीय बैठकका क्रममा प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने धारणा राख्दै सो धारणा राखेका हुन् । बैठकका  क्रममा प्रधानमन्त्री ओलीले राजनीतिक संकटका कारण कोरोना नियन्त्रणलगायत काममा बाधा परेको समेत बताए । 

बैठकको सुरुमै बोल्दै ओलीले लामो समयदेखि सबै दलसँग भेटघाट तथा छलफल नभएको भन्दै सामाजिक तथा राजनीतिक विषयमा राय–सुझाव लिन बैठक आवश्यक रहेकाले बोलाएको बताए । 

उनले कोरोनाको दोस्रो लहरबाट कसरी जोगिने भन्नेबारे पनि सुझावको अपेक्षा रहेको बताएका थिए ।

प्रधानमन्त्रीद्वारा आयोजित सर्वदलीय बैठकमा भने नेकपा माओवादी भने सहभागी भएको छैन । आफूहरुलले कुनै जानकारी नपाएको बताउँदै माओवादी बैठकमा सहभागी नभएको हो । त्यसैगरी, जसपाका नेता बाबुराम भट्टराई र उपेन्द्र यादव पनि बैठकमा सहभागी भएनन् । उनीहरुको आरोप पनि आफूहरुले बैठकबारे जानकारी नपाएको छ । तर, जसपाबाट महन्थ ठाकुर भने सो बैठकमा सहभागी छन् । 

 


कस्तो लाग्यो ?

यो पनि