बैशाख २०, २०८१, बिहीबार
               

अब पूर्वएमाले र पूर्वमाओवादी अलग-अलग भएर जाने : झलनाथ खनाल

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । 

बैठकमा सहभागी वरिष्ठ नेता झलनाथ खनालले अब एमाले र  माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको बताए । बैठक जारी रहेकै बेला उनी सो बैठकबाट बाहिरएका हुन् । 

सोही क्रममा वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र संघर्ष गर्दै सर्वोच्चकाे निर्णयमा पुनरावलोकनकाे माग गरिने बताए । यद्यपि औपचारिक निर्णय आउन भने बाँकी नै छ ।

आइतबारको सर्वोच्चको फैसलासँगै २०७४ सालको चुनावमा वामगठबन्धनलाई २०७५ जेठ ३मा एकीकरणमा रुपान्तरण भएका दुई ठूला कम्युनिस्ट अन्तत: पूर्वएमाले र पूर्वमाओवादीकै रुपमा अघि बढ्नुपर्ने अवस्था सिर्जना भएको छ । 

तत्कालीन अवस्थामा दुई पार्टीका अध्यक्षका हैसियतले केपी शर्मा ओली र पुष्पकमल दाहालले सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । सो सहमतिपत्रमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने र पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद हुने, पार्टीको नेतृत्व संयुक्त, सरकारको पालैपालो गर्नेलगायत कुरा उल्लेख थियो । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचमा एकीकरणका प्रारम्भिक आधारहरु नाम दिइएको सहमतिपत्रमा पार्टी एकता संयोजन सम‌ितिमा रहेका एमालेका पाँचजना तथा माओवादी केन्द्रका तीनजना सहित आठजना वरिष्ठ नेताहरुले हस्ताक्षर गरेका थिए । 

यो पनि