जेठ ०४, २०८१, शुक्रबार
               

एकता जोगाउन प्रयास गर्नुपर्छ: पन्त

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य रघुजी पन्तले अझै नेकपा एकता जोगाउन प्रयास गर्नुपर्ने बताएका छन् । 

आइतबार सर्वोच्चले यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपा ऋषि कट्टेलको भनी फैसला गरेको भोलिपल्ट पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा सहभागी पन्तले सो बताएका हुन् । सो क्रममा उनले आफूलगायत अन्य नेताबाट पनि पार्टी एकता जोगाउनुपर्ने धारणा आएको बताए ।

बैठकबाट बाहिरिने क्रममा उनले पूर्वपार्टीमा नै जाने कि नजाने भन्ने सञ्चारकर्मीको जिज्ञासमा छलफल जारी नै रहेको बताए ।
‘त्यो विषयमा त छलफल जारी नै छ । तर पार्टी एकता जोगाउन सकिन्छ भने जोगाउने सम्भावनाहरु खोज्नुपर्छ’ पन्तले भने ।

सोही क्रममा उनले सर्वोच्चको फैसला राजनीतिक प्रकृतिको भयो कि भन्नेमा बढी चर्चा भएको बताउँदै उनले नेकपा एकता जोगाउन सकिन्छ भने त्यसका लागि प्रचण्ड र केपी ओलीले फेरि प्रयास गर्नुपर्ने धारणा आफूले राखेको बताए । ‘अरू साथीहरुले पनि त्यस्तै किसिमको धारणा राखेका छन्,उनले भने । बैठक जारी छ ।


कस्तो लाग्यो ?

यो पनि