बैशाख २३, २०८१, आइतबार
               

कांग्रेस र जसपासँग सहकार्य गर्न प्रचण्ड र म बाधक बन्दैनौँ: अध्यक्ष नेपाल

नेपाल फ्ल्यास
फागुन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

बिहीबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमलाई संबोधनका क्रममा अध्यक्ष नेपालले प्रतिगमनविरुद्ध संघर्ष गर्ने दलहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै उनले राजनीतिक समस्या समाधान गर्न आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाधक नबन्ने बताएका हुन् । 

‘कांग्रेस र जसपा नेतृत्वलाई भन्न चाहान्छु, बैठक बसौँ, खुल्ला रुपमा छलफल गर्न तयार छौँ । हामी सबै विकल्पमा खुला छौँ,’ उनले भने, ‘पार्टीहरु मिल्नुको विकल्प नभएको भन्दै उनले सहमति गरेर अघि बढ्न हामी तयार छौँ ।’

दाहाल-नेपाल समूहका अध्यक्ष नेपालले केपी शर्मा ओलीसित मिलेर जान नसक्ने बताइरहँदा नेकपाका दोस्रो पुस्ताका नेता भनी चिनिने ओली पक्षका नेता शंकर पोखरेल र दाहाल-नेपाल समूहका नेता घनश्याम भुसालबीच बिहीबार साझ भेटवार्ता भएको छ । भेटमा दुई नेताबीच एकताको विषमा छलफल भएको छ । 

     यो पनि

 


कस्तो लाग्यो ?

यो पनि