बैशाख २५, २०८१, मंगलबार
               

विप्लव समूहसँग वार्ताका समिति गठन सकारात्मक: कांग्रेस

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार र नेत्रविक्रम चन्द विप्लव समूहले वार्तामार्फत् समस्या समाधान गर्नका लागि वार्ता समिति गठनलाई सकारात्मकरूपमा लिएको बताएको छ । 

सरकार र विप्लव समूहले वार्ताका लागि वार्ता समिति गठन गरेकै दिन नेपाली कांग्रेसले विज्ञप्तिमार्फत् सरकार र विप्लवको कदमलाई सकारात्मक भनेको हो ।  

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ ।’  

सबै समस्याको समाधान वार्ता, सम्वादबाट गर्नु पर्ने मान्यतामा कांग्रेस दृढ रहेको भन्दै दुवै पक्षलाई  इमान्दारपूर्वक वार्ताबाट समाधानमा पुग्न उसले आग्रहसमेत गरेको छ । विप्लव समूहले प्रकाण्डको नेतृत्वमा र सरकारले रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । 

यो पनि

 

यो पनि