जेठ ०४, २०८१, शुक्रबार
               

खराब प्रवृत्तिका मानिस झुक्किएर कम्युनिस्ट आन्दोलनमा छिरेछन् : अध्यक्ष नेपाल

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

प्रचण्ड–माधव समूह (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनमा झुक्किएर खराब प्रवृत्तिका मानिसको प्रवेश भएको  बताएका छन् । 

संसद् विघटनपश्चात् फरका धारमा देखिएको सो समूहका अध्यक्ष नेपालले शुक्रबार सरकारवविरुद्ध भएको प्रदर्शनलाई संबोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै सो कुरा बताएका हुन् ।

संबोधनका क्रममा अध्यक्ष नेपालले जनआन्दोलनको झल्को देखिएको बताउँदै भने, ‘यो कास्टिङ मात्र हो ।फिल्म सुरु हुन बाँकी नै छ ।’ सो क्रममा उनले संविधानविपरित प्रतिनिधिसभा विघटन गरेर ओली हिटलरको बाटोमा हिँडेको बताए

त्यसैगरी, नेपालले ओलीलाई पार्टीले दण्ड दिन सुरु गरेको बताउँदै अध्यक्षबाट हटाउनुका साथै साधारण सदस्यबाट किन नहटाउने भनी स्पष्टीकरण सोधिएको बताए । 

अध्यक्ष नेपालले केपी ओलीलाई पार्टीले कारवाही गरिसकेको भन्दै उनी रहन्जेल पार्टी र सरकार कुनैपनि अघि बढ्न नसकेको जिकिर गरे ।

ओली प्रवृतिको चर्को आलोचना गरेका नेपालले ओली ‘घरमा विवाद भए घरै भत्काउने, पार्टीमा समस्या भए पार्टी नै सक्ने, संसदमा समस्या भए संसद नै सिध्याउने’ प्रवृतिको मान्छे रहेको टिप्पणी गरे । उनले ओलीलाई साइबर सेना मात्रै मनपर्ने भन्दै ओलीको त्यही गलत प्रवृतिका विरुद्ध संघर्ष गर्नुपरेको बताए । उनले ओलीलाई सुर्धान गरेका अनेकन प्रयास असफल भएको र त्यसमा पनि समीक्षा हुनसक्ने बताए ।

सातै प्रदेश, प्रवासी नेपाली र समग्र जनता ओलीको कदमविरुद्ध आन्दोलित भएको भन्दै ओलीसँग अरिंगालको गोलो र साइबर सेनामात्रै भएकाले विशाल पार्टीसँग लड्ने क्षमता उनीहरुमा नरहेको बताए ।

यो पनि