जेठ ०२, २०८१, बुधबार
               

दाहाल-नेपाल (नेकपा)ले बालुवाटारमा बुझायो ओलीलाई स्पष्टीकरण सोध्ने पत्र

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं ।दाहाल-नेपालपक्षीय नेकपाले प्रधानन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सो निर्णयबमोजिमको पत्र दाहाल-नेपालपक्षीय सुरेन्द्र पाण्डेलगायत नेताले प्रधानमन्त्रीनिवास बालुवाटार पुगी ओलीलाई स्पष्टीकरण सोध्ने पत्र बुझाएका छन् । 

पत्रमा  विधानविपरीत गतिविधि गरेकाले थप कारबाही किन नगर्ने भनी स्पष्टीकरण माग गरिएको छ । नेकपाको पार्टी विधानको धारा ५६ मा अनुशासनको कार्बाहीबारे उल्लेख गरिएको छ ।

तर, सो पत्र प्रधानमन्त्रीको सरकारी निवास छिर्ने गेटमै बुझाइएको एक स्रोतले  जानकारी दियो । 

पुस ५ मा संसद विघटन  भएपछि नेकपा स्पष्ट दुई धारमा विभाजित छ । तर, देखिने गरी पार्टी विभाजन भने भएको छैन । दुवै पक्षले एकअर्कालाई आरोपप्रत्यारोप तथा एकअर्काविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

यो पनि