बैशाख २३, २०८१, आइतबार
               

ओलीलाई आज अन्तिम स्पष्टीकरण सोधिनेछ: अध्यक्ष नेपाल

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रचण्ड–माधव (नेकपा)पक्षीय अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै अन्तिम स्पष्टीकरण सोध्ने बताएका  छन् । 

सोमबार अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधनका क्रममा ओली तानाशाह  र निरंकुश प्रवृत्ति नहटेको  बताउँदै उनले सो कुरा बताएका हुन् ।

‘आजै अन्तिम स्पष्टीकरणपत्र पठाउँदैछौं । तपाईं सुध्रिनुभएन, पार्टीको विधान पालना गर्नुभएन, अनुशासन उल्लंघन गर्नुभयो । अध्यक्षबाट हटाएर केन्द्रीय सदस्यसम्म त राखेको थियौं अब झनै मैमत्त हुँदै जानुभयो । जे पायो त्यही बोलिरहनुभएको छ,’ अध्यक्ष नेपालले भने, ‘अब तपाईंलाई तह लगाउने कुनै उपाय रहेन ।’

संबोधनका क्रमममा उनले केपी ओली कम्युनिस्ट पार्टीको सदस्य  हुनलायक नभएको बताए । त्यस्तै, अध्यक्ष नेपालले ओलीको प्रतिगामी कदम कुनै हालतमा स्वीकार्य नहुने बताए । 

अध्यक्ष नेपालले ओलीलाई गोर्भाचोभको संज्ञा दिँदै ‘अब कम्युनिस्ट पार्टीले कस्तो कूपुत्र जन्माइएछ ?’ भनेर सोच्नुपर्ने बेला भएको बताए ।

प्रतिगमनको हार निश्चित रहेको बताउँदै उनले संसद विघटन गर्ने ओलीको कदमविरुद्ध एकजुट हुनुको विकल्प नरहेको बताए । 

‘प्रतिगामी कदमको हार निश्चित छ । हामी एकदिन जित्नेछौँ ,’ उनले भने । सो क्रममा उनले पार्टी बैठक बोलाउन नचाहाने, छलफल नै गर्न नचाहने भन्दै अहिले ओलीको मैमत्त प्रवृत्तिका कारण सिंगो देश आन्दोलित र चिन्तित भएको बताए ।  संसद विभाजनपश्चात् नेकपामा  फरक धार बनेसँगै नेपाल अध्यक्ष बनेका हुन् । संसद विघटनकै कारण यतिखेर  नेकपा ओली समूहबाहेक सबै राजनीतिक दललगायत नागरिक समाज सडकमा छन् ।

त्यसैगरी, संसद विघटनलाई असंवैधानिक भन्दै सर्वोच्चमा १३ जनाले  रिट निवेदन हालेका  थिए । सो रिटबारे बहस कहाँ हुने भनी लामो विवादपश्चात् आइतबारबाट संवैधानिक इजलासमा बहस सुरु भएको छ । जुन सोमबार पनि जारी छ । 

यो पनि