बैशाख २३, २०८१, आइतबार
               

निर्वाचन आयोगमा सुवास नेम्वाङको टोली

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगलाई चुनावको तयारी नरोक्न आग्रह गरेको छ ।

चुनावको प्रक्रिया नरोकी तदारुकताका साथ चुनावको तयारीमा लाग्न नेकपाले आयोगलाई आग्रह गरेको हो ।

नेकपा नेता सुवास नेम्वाङ सहितको टोलीले बुधवार आयोगका पदाधिकरीलाई भेटेर चुनाव तोकिएकै समयमा सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन आग्रह गरेको हो ।

निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सन्दर्भमा पठाएको पत्रको लिखित जवाफ बोकेर आयोग पुगेका नेताहरुले पार्टी अध्यक्ष ओली र महासचिव बिष्णु पौडेल रहेको पार्टीनै आधिकारिक भएकाले अन्यौलमा नरहन आग्रह गरेका छन् ।

आयोगलाई आफ्नो जवाफ दिइसकेको र पार्टीको आधिकारिकता केपी ओली रहेको ठाउँमै हुने नेम्वाङले बताए ।

प्रचण्ड र माधव नेपाल आफैं गएर आयोगलाई चुनाव सम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन आग्रह गरेपछि ओली पक्षले चुनावी तयारी तदारुकतासाथ लैजान आग्रह गरेको हो ।

यो पनि