बैशाख २४, २०८१, सोमबार
               

संसद विघटन संविधानविरोधी कदम हो: सभापति देउवा

नेपाल फ्ल्यास
पुस २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन संविधानविरोधी कदम भएको बताएका छन् । 

संसद विघटनको विरोधमा काठमाडौं-५ मा आयोजित प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।अवसरमा अदालतमा मुद्दा विचाराधीन रहेकाले जुलुस निकालेर यसो गर र उसो गर भन्न नहुने  उनको भनाइ छ । 

‘मोटो आँखाले हेर्दा ओलीको कदम प्रजातन्त्रविरुद्धको कदम हो, संविधान विरुद्धको कदम हो,’संबोधनका क्रममा उनले भने, ‘हामीले अदालतको निर्णय पर्खिनुपर्छ । अदालतको निर्णय कांग्रेसले मान्छ ।’

यसअघि पनि अदालतले मध्यावधिमा जाने ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जाने बताए । उनले सर्वोच्चभन्दा ठूलो अदालत जनता भएको बताउँदै जनतामा जाँदा पनि हुने बताए । तर, उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाको चुनाव गराउनेमा शंका व्यक्त गरे । 

ओलीले चुनाव नगराए सडकबाट सबै मिलेर उनलाई फाल्नुपर्ने देउवाले बताए । उनले भने, ‘त्यसबेला उनलाई देशमा बस्न नै गाह्रो हुनेछ ।’

यो पनि