बैशाख १५, २०८१, शनिबार
               

प्रचण्डसँगको छलफलपछि गृहमन्त्रीको मुड चेन्ज, गएनन् बालुवाटार

नेपाल फ्ल्यास
पुस ०७, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रिय समिति बैठकमा गृहमन्त्री रामबहादुर थापा उपस्थित भएका छैनन् ।

केहीवेरअघि बालुवाटारमा ओली पक्षले बोलाएको केन्द्रीय समिति बैठक सुरु भएको छ । उक्त बैठकमा नगएका गृहमन्त्री थापा पुल्चोकस्थित मन्त्री निवासमै छन् ।

प्रचण्डसँगको भेटपछि..

आज (मंगलबार) बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुल्चोकमै पुगेर थापालाई भेटेका थिए ।  भेटमा प्रचण्डले आफूलाई सहयोग गर्न बादललाई आग्रह गरेका थिए ।

प्रचण्डसँग लामो छलफल गरेका थापाले आफू पार्टीमै बस्ने र त्यसबारे आजै निर्णय गर्ने बताएका छन् ।

ओलीले बोलाएको बैठकमा सहभागी नभएका थापा आजै दिउँसो हुने प्रचण्ड पक्षकै केन्द्रीय समितिको बैठकमा पनि सहभागी बन्ने सम्भावना बढेको छ ।

गृहमन्त्री थापाले अन्तिम निर्णयका लागि आफू निकट नेताहरूसँग छलफल गरिरहेका छन् । एक नेताका अनुसार प्रचण्डसँगको बिहानको छलफलमा उनले प्रचण्डलाई ‘ग्रिन सिग्नल’ दिएका छन् ।

गृहमन्त्री थापाले हिजो (सोमबार) बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत बालुवाटारमा एक घण्टा छलफल गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि